Nepali Unicode | Preeti to Unicode

धनुषामा एक जनाको हत्या भएको छ । मिथिला बिहारी नगरपालिका ४ रमौलका ५३ वर्षीय प्रभु यादवको घरेलु हतियार प्रयोग गरि हत्या भएको हो ।

घटनामा अन्य चार जना घाइते भएका प्रहरीले जनाएको छ । दुई समूहको विवादका क्रममा यादवको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

घटनामा प्रभुकी श्रीमती महाजनी देवी, जेठा छोरा जगरनाथ, माहिला छोरा सन्तोष र कान्छा छोरा आशोक घाइते भएका छन् ।

सन्तोषको टाउकोमा १८ वटा टाँका लगाइएको छ भने अन्य सामान्य घाइते छन् । उनीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

घटनामा संलग्न भएको आरोपमो केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिहेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेल जानकारी दिए ।

बिहीवार राति स्थानीय सुरज यादवसहितको समूहले घरेलु हतियारसहित घरमै आएर आक्रमण गरेपछि घटनास्थलमै यादवको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर