मंसिर ४ मासम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन् । सुरुदेखि नै अगाडि रहेका पाण्डेले पाँच हजार ४१९ मत ल्याएका छन् ।
उनलाई पछ्याइरहेका नेकपा एमालेका उमेदवार कर्णबहादुर थापाले चार हजार १२९ मत ल्याएका छन् । उनीहरूबीच एक हजार २९० को मतान्तर छ । बाराजुरामा विवादका कारण ढिलोगरी मतगणना सुरु भएको थियो ।
