Nepali Unicode | Preeti to Unicode

१५ मङ्सिर । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका नेता धनराज गुरुङले अग्रता बढाउनु भएको छ ।

उहाँले हालसम्म एक हजार एक सय ३५ मतको अग्रता बनाउनुभएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार काँग्रेस उम्मेदवार गुरुङले ४ हजार  पाँच सय ९० र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार पद्मा कुमारी अर्यालले ३ हजार चार सय ५५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले एक हजार२१ मत प्राप्त गर्नुभएको छ ।

अहिलेसम्म गल्याङ नगरपालिकाको वडा नं ६, ७ र भीरकोट नगरपालिकाको ५, ६, ७, ८ र ९  वडाको मतगणना सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर