Nepali Unicode | Preeti to Unicode

सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका  उम्मेदवार अशोककुमार राई निर्वाचित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत पाइन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो भए ।

एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२, अर्का स्वतन्त्र तर्कबहादुर मगरले तीन हजार ८१८, कुमार कार्कीले एक हजार ८६४, मातृकाप्रसाद भट्टराईले एक हजार ७६० मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर