Nepali Unicode | Preeti to Unicode

गृहमन्त्री बालकृष्ण खाणले अब पनि गठबन्धनकै सरकार बन्ने बताएका छन् । आइतबार भैरहवामा भएको गठबन्धनको बैठकमा गृहमन्त्री खाणले यस्तो बताएका हुन ।

उनले अब सरकार बनाउन पाँचदलीय गठबन्धनको बहुमत पुग्ने दाबी गरेका छन् । चुनावी परिणाम आइसकेपछि पाँच दलीय गठबन्धनकै सरकार बन्ने उनले बताए ।

रूपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका उनले जनताको अभिमतलाई आफूले सहजतापूर्वक लिएको बताएका छन् ।

उनले भने, ‘अब गठबन्धनकै सरकार बन्छ । पाँचदलीय गठबन्धनकै बहुमत पुग्छ । नागरिकका अवस्था सुधार गर्न सरकारले काम गर्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर