Nepali Unicode | Preeti to Unicode

नेपाल कम्युनिष्ट पार्टी एमालेले समानुपातिक मत २३ लाख  कटाएको छ ।  निर्वाचन आयोगको  पछिल्लो अपडेट अनुसार एमालेले २३ लाख मत कटाएको हो । पछिपछि नेपाली कांग्रेस छ ।

एमालेले २३   लाख ६ हजार ८३३ मत प्राप्त गरेको छ । समानुपातिक मतका आधारमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २२  लाख १० हजार २०९  मत प्राप्त गरेको छ ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्र्रले ९ लाख  ६८ हजार समानुपातिक मत पाएको छ । रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २५ हजार ३३ समानुपातिक  मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८७ हजार ४८४ समानुपातिक मत प्राप्त गर्दा जनता समाजवादी पार्टी, नेपालले २  लाख ८८  हजार १६२,  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले २ लाख २२ हजार  २३४ र  जनमत पार्टीले २ लाख २२ हजार २२५ समानुपातिक मत प्राप्त गर्दा  नागरिक उन्मुक्ति पार्टीले  १  लाख  ९९ हजार ७९ समानुपातिक मत प्राप्त गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १  लाख २० हजार ७१ समानुपातिक मत पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर