मोरङ क्षेत्र नम्बर ४ को २ बाट प्रदेशसभा सदस्यमा भीम पराजुली निर्वाचित भएका छन् । नेकपा एमाले उम्मेदवार जीवन घिमिरेलाई पराजित गर्दै पराजुली निर्वाचित भएका हुन् । विराटनगर महानगरपालिकाका पूर्व मेयर पराजुलीले ११ हजार ४७९ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका घिमिरेले ९ हजार ६९१ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेका राप्रपा उम्मेदवार माधवप्रसाद आचार्यले ६ हजार ९३५ र जसपा उम्मेदवार संजयकुमार सिहंले १ हजार ४६० मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा एमाले उम्मेदवार विनोद ढकाललाई पराजित गर्दै माओवादी उम्मेदवार अमनलाल मोदी निर्वाचित भएका छन् ।
४ को १ मा कांग्रेस उम्मेदवार गुरुराज घिमिरेलाई पराजित गर्दै एमाले उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भए ।
