नवलपरासी क्षेत्र नं. १ को प्रतिनिधिसभा तर्फ भएको निर्वाचनको मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार बिनोद चौधरीले अग्रता कायम राखेका छन्।
बिहीबार सार्वजनिक भएको पछिल्लो मत परिणाममा चौधरी जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीभन्दा पाँच हजार ३०७ मत अन्तरले अगाडि छन्। चौधरीले २२ हजार १९९ र त्रिपाठीले १६ हजार ८९२ मत पाएका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार १३३ मत पाएका छन्।
प्रारम्भिक मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले अग्रता लिएका थिए। ग्रामिण क्षेत्रमा ठकुरीले अग्रता लिएपनि नगरपालीकामा प्रबेश गरे लगत्तै ठकुरी पछि परेका हुन्।
