दाङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माओवादी नेता रेखा शर्मा विजयी भएकी छिन् । सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी नेता रेखा शर्मा २ सयभन्दा कम मतान्तरले विजयी भएकी हुन् । मतपरिणामको औपचारिक घोषणा भने हुन बाँकी छ ।त्यस्तै एमाले महासचिव शंकर पोखरेल दोस्रो स्थानमा रहे । शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार १ सय ८९ मत प्राप्त गरे । दुई नेताबीचको अन्तर १९६ मत रहेको छ ।यस पटक दुई दलका महासचिव पराजित भएका छन् । यसअघि लमजुङमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माओवादी महासचिव देव गुरुङलाई पराजित गरेका थिए ।
