फिफा विश्वकप फुटबल २०२२ आज समूह चरणका चार खेल हुनेछन् । कतारमा जारी विश्वकपमा समूह ई र समूह एफ मा रहेका टोलीको दुई दुई खेलहरु हुँदैछ ।
साविक उपविजेता टोली क्रोएसियाले मोरक्कोसँग खेल्दैछ । समूह एफ मा रहेका दुई टोलीबीचको खेल आज दिउँसो ३ः४५ मा सुरुहुनेछ ।
दोस्रो खेल उपाधि दाबेदार जर्मनी र जापानबीच हुनेछ । समूह ई मा रहेको जर्मनी र जापानबीचको खेल आज बेलुका ६ः४५ मा सुरुहुनेछ । बुधबार नै स्पेन र कोस्टारिकाबीचको खेल हुनेछ । उपाधि दाबेदार स्पेन र कोस्टारिकाबीचको खेल राति ९ः४५ मा हुनेछ ।
राति १२ः ४५ बजे बेल्जियम र क्यानडाबीचको खेल हुनेछ ।
