मोरङ क्षेत्र नम्बर ४ को मतगणना जारी रहदा माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले अग्रता फराकिलो बनाएका छन् ।
एमाले उम्मेदवार विनोद ढकालसँग उनले साढे सात हजार भन्दा बढी मतको अग्रता कनाएका हुन् ।पछिल्लो मत परिणाम अनुसार मोदीले १७ हजार २ सय १३ मत पाएका छन् । एमाले उम्मेदवार विनोद ढकालले विनोद ढकाल ९ हजार ३४८ मत पाएका छन् । दुई उम्मेदवारबीचको मतान्तर ७ हजार ८६५ छ ।
