Nepali Unicode | Preeti to Unicode

मंसिर ४ गतेको निर्वाचनका लागि करिब एक करोड ८० लाख मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार एक करोड ७९ लाख ८० हजार पाँच सय ७० मतदाता छन् । निर्वाचन आयोगले मतदानका लागि १० हजार ८९२ मतदान स्थल तोकेको छ  । ती मतदान स्थलमा २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।

मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउँछन् । कुल मतदाताको ७० प्रतिशत मत खस्ने आयोगको अनुमान छ । निर्वाचनको प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिक तर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने आयोगले जनाएको हो ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले भने,‘सबै मतपेटिका संकलन भएको लगत्तैदेखि मतगणना सुरु हुनेछ, तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौं ।’ उनले मतदानकाे तयारी पुरा भएकाे बताए ।

मंसिर २२ गतेभित्र चुनावका सबै नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउने  तयारी रहेको पनि थपलियाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर