Nepali Unicode | Preeti to Unicode

नेपालले पाकिस्तानविरुद्ध मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पाहुना टोली पाकिस्तानसँग खेल्न लागेको हो ।

पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो ।

नेपालका मुख्य प्रशिक्षक प्रवेश कटुवालले प्रि– म्याच कन्फरेन्समा पाकिस्तानविरुद्ध जित निकाल्ने बताए । पाकिस्तानका मुख्य प्रशिक्षक शहजात अनवरले प्रि– म्याच कन्फरेन्समा नेपालविरुद्ध राम्रो खेल खेल्ने बताए ।

नेपालले हालसम्म पाकिस्तानसँग १६ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले ४ खेल जितेको छ । पाकिस्तानविरुद्ध नेपालले ७ खेलमा हार र ५ खेलमा बराबरी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर