Nepali Unicode | Preeti to Unicode

राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्तहरूले आयोगको श्रेणी घटुवा भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगका अध्यक्ष तथा सदस्यहरूलाई तत्काल मार्ग प्रशस्त गर्न माग गरेका छन् ।

पूर्वआयुक्तहरूले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगको अन्तर्राष्ट्रियस्तरलाई ‘क’ श्रेणीबाट ‘ख’ श्रेणीमा झार्न भएको निर्णयप्रति ध्यानाकर्षण जनाउँदै अध्यक्ष तथा सदस्यलाई मार्ग प्रशस्त गर्न माग गरेका हुन् ।

“स्थापनाकालदेखि आयोगको स्वायत्तता, स्वतन्त्रता, तटस्थता, जनआस्था, गरीमा र कार्यक्षमता समेतलाई मध्यनजर गर्दै आयोगको अन्तर्राष्ट्रियस्तरलाई ‘क’ श्रेणीमा नै कायम राखी राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा आयोगको विश्वसनीयता र नेपाल राष्ट्रको प्रतिष्ठा उच्च कायम राखिरहनुपर्छ”, विज्ञप्तिमा भनिएको छ, “हाल राष्ट्रिय मानव अधिकार आयोगमा कार्यरत अध्यक्ष तथा सबै सदस्यहरूलाई तत्कालै मार्ग प्रशस्त गर्न र आयोगलाई ‘क’ श्रेणीमा कायम राखिरहन आवश्यक सबै कार्य गर्न नेपाल सरकार, नागरिक समाजसहित सम्बद्ध सबैलाई हामी आह्वान गर्दछौँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर