Nepali Unicode | Preeti to Unicode

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि पाकिस्तानको राष्ट्रिय फुटबल टोली नेपाल आएको छ ।   कात्तिक ३० गते हुने खेलका लागि पाकिस्तानी टोली नेपाल आएको हो ।

२४ खेलाडीसहितको पाकिस्तानी टोली आइतबार राति फ्लाई दुवईमार्फत नेपाल आएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल कात्तिक ३० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ हुनेछ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले प्रतिबन्ध फुकुवा गरेपछि पाकिस्तानले ३ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न लागेको हो  ।

प्रतिक्रिया

सम्बन्धित खवर