Nepali Unicode | Preeti to Unicode

टी–२० विश्वकप २०२२ को उपाधि इङ्ग्ल्यान्डले जितेको छ । आइतवार मेलबर्नमा भएको फाइनल खेलमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराउँदै उपाधि जितेको हो ।

पाकिस्तानले दिएको एक सय ३८ रनको लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर भेटायो । बलिङतर्फ पाकिस्तानका हरिस रउफले दुई विकेट लिए ।

यसअघि पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३७ रन बनायो । उसका लागि शन मसुदले ३८ र बाबर आजमले ३२ रन बनाए ।

बलिङतर्फ इङ्ग्ल्यान्डले साम करनले तीन तथा आदिल रशिद र क्रिस जोर्डनले दुईरदुई विकेट लिए ।

यो उपाधिसँगै इङ्ग्ल्यान्डले टी–२० विश्व कपमा उपाधि सङ्ख्या दुई र्पुयाएको छ । यसअघि सन् २०१० को टी–२० विश्व कप फाइनलमा अस्ट्रेलियालाई सात विकेटले हराउँदै इङ्ग्ल्यान्डले उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर