विराटनगर जेसीजको ५० औं अध्यक्षमा युवा व्यबसायी अभिनास थापा निर्वाचित भएका छन् । शनिबार सचिवालयमा भएको निर्वाचन प्रक्रियाबाट सन् २०२३ का लागि अविनास थापा अध्यक्षमा निर्वाचित भएका हुन ।
त्यस्तै वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा तुलसी निरौला, कार्यकारिणी उपाध्यक्षमा सुभाष भण्डारी र रन्जन कुमार शाही, तालिम निर्देशकमा शिव शंकर मण्डल, उपाध्यक्षमा पप्पु अन्सारी, प्रशान्त घिमिरे, सृजना थापा, निरज ढकाल र जनसम्पर्क अधिकारीमा अमित कर्ण निर्वाचित भएका छन् ।
थापा ह्यासट्याग फुड एन्ड वारका प्रवन्ध निर्देशक तथा रिद्धि सिद्धि हाउजिंग तथा परामर्श केन्द्रका संचालक समेत हुन ।
विराटनगर जेसीज ५० औ बर्षमा पुगेको अवसरमा आफु अध्यक्ष बन्न पाएकोमा हर्षित भएको बताउँदै थापाले भने, ‘यसै बर्ष एरिया ए सम्मेलन समेत रहेको र राष्ट्रिय अध्यक्षमा उम्मेदवारी समेत रहने हुदाँ एकदमै महत्वपूर्ण बर्षमा आफू अध्यक्ष बनेका कारण विराटनगर जेसिजको गरिमालाई उच्च राख्नका लागि कुनै कसर बाकी राख्दिन ।’
विराटनगर भरीका युवाहरूलाई जेसीजमा आकर्षण गर्न राम्रा योजनाहरू लिएर आउने उनले बताए । यस्तै नेतृत्व र व्यक्तित्व विकास गराउने संस्था भएका कारण सोही अनुसारका गतिविधि बर्ष भरि नै संञ्चालन गरिने नव निर्वाचित अध्यक्ष थापाले जानकारी दिए ।
त्यस्तै विराटनगर जेसीजका बर्तमान अध्यक्ष देवचन्द्र घिमिरेले चाँडै नै पदस्थापना कार्यक्रम संञ्चालान गरेर पद हस्तान्तरण गरिने जानकारी दिए । उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद दिएका दिएका छन् ।
