(चितवन), कात्तिक २५ गते । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनप्रति मतदातालाई ऊर्जा प्रदान गर्न आम सञ्चार माध्यमसँग आग्रह गर्नुभएको छ । उहाँले मतदान गर्ने दिन नजिकिँदै गएकाले मतदान गर्ने तरिकालाई समाचारमा प्रस्फुटित गर्न पनि आग्रह गर्नुभयो ।
गोरखापत्र संस्थानले बागमती, गण्डकी र लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला समाचारदाताहरूका लागि निर्वाचन समाचार लेखन अनुशिक्षणको शुक्रवार सौराहामा उद्घाटन गर्नुहुदैँ प्रमुख आयुक्त थपलियाले सामाजिक सञ्जालको सदुपयोग गरेर शिष्ट भाषामा निर्वाचनको प्रचार प्रसार गर्न सकिने बत्ताउनुभयो । सामाजिक सञ्जालको दुरुपयोग गरेर दुष्प्रचार घृणास्पद अभिव्यक्ति र भ्रमपूर्ण सूचना प्रवाह नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा गोरखापत्रका प्रधान सम्पादक शिवकुमार भट्टराई, दि राईजिङ नेपालका प्रधान सम्पादक भिमशेन थपलिया, सञ्चार विज्ञ प्रतीक प्रधान, नायव कार्यकारी सम्पादक केपी गौतम गोरखापत्र अनलाइनका सम्पादक नारद गौतम लगायतले निर्वाचनमा समाचार लेखन, समाचार दाताले ध्यान दिनुपर्ने कुराहरू, मतगणना पछिको समाचार लेखनका विषयमा प्रशिक्षण दिँदै हुनुहुन्छ । कुमार विवेकानन्द मिश्र, प्रशासन तथा व्यापार विभागका निर्देशक ओमप्रकाश भुसाल, संस्थानका प्रवक्ता कविता कार्की, गण्डकी प्रदेशका संयोजक रमेश पौडेल, लुम्बिनी प्रदेशका संयोजक श्यामसंकर पाण्डे लगायत तीन प्रदेश जिल्ला समाचारदाताहरूको सहभागिता रहेको छ ।
