Nepali Unicode | Preeti to Unicode

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन् ।

बुधबार दार्चुलामा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो चुनौती दिएका हुन । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफैंले प्रधानमन्त्री बनाए पनि उहाँले संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको दाहालको आरोप थियो ।

दाहालले तत्कालीन समयमा ओलीले एकपटक आफूलाई प्रधानमन्त्री बनाइदिनुस् भनेकाले आफूले सहयोग गरेर दोस्रो पटक प्रधानमन्त्री बनाएको भन्दै पुनः प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका हुन ।

दाहालले ओली कायर मान्छे रहेको भन्दै चुनाव आएपछि दार्चुला आएर गोहीको आशु चुहाउने गरेको टिप्पणी समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर