Nepali Unicode | Preeti to Unicode

नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभा  सदस्यको टिकट मानबहादुर लिम्बूलाई दिएको छ ।  बेलबारी ८  का लिम्बूलाई आज टिकट दिएको हो ।

लिम्बू नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् । क्षेत्र नम्बर ३ (१) का   उम्मेद्वार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले काँग्रेसलाई नयाँ उम्मेद्वारको मनोनयनका लागि आज १० बजेदेखि १ बजेसम्मका लागि समय दिएको थियो ।

नेपाली काँग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले लिम्बूले टिकट पाइसकेको बताए । लिम्बूले केही समयपछि मनोनयन दर्ता गर्ने उनले बताए ।

लिम्बूले टिकट पाएसँगै अब एमालेबाट उम्मेद्वार बनेका दिलिप राईसँग उनले प्रतिस्पर्धा गर्ने   छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर