Nepali Unicode | Preeti to Unicode

प्रदेश १ सरकारले भोली बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश १ का वन वातावरण तथा भू संरक्षण मन्त्री  शेखरचन्द्र थापाको मृत्यु  शोकमा विदा दिने निर्णय गरेको हो ।

गत असोज २४ गतेयता उपचाररत थापाको आज विहान नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको थियो । थापालाई डेङ्गु र निमोनिया देखिएको थियो । थापाको मृत्यु शोकमा गहिरो दुःख व्यक्त गर्दै प्रदेश १ सरकारले एक दिन विदा दिएको हो ।प्रदेश  सरकारले बिहीबार एक दिन आधा झण्डा झुकाउने पनि निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला  तथा कानुन मन्त्रालयका निमित्त सचिव प्रदेश सचिव  अर्जुन निरौलाले जानकारी दिए  । उनी मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ का नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर