Nepali Unicode | Preeti to Unicode

बेलायती अभिनेता लेस्ली फिलिप्सको ९८ वर्षका उमेरका निधन भएको छ ।

अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार लेस्ली लामो समयदेखि बिरामी थिए । लेस्लीका एजेन्ट जोनाथन लोयडले उनको निधन भएको पुष्टि गरेका छन् ।

जोनाथनका अनुसार लेस्लीको सोमबार सुतिरहेका बेला नै निधन भएको हो । लेस्लीको जन्म २० अप्रिल १९२४ मा लण्डनमा भएको थियो । ‘ह्यारी पोटर’ का कारण उनी युवापुस्तामाझ निकै लोकप्रिय पनि थिए ।

उनले आफ्नो करियरमा दुई सयभन्दा बढी फिल्ममा काम गरेका छन् । फिल्मबाहेक उनले टिभी र रेडियोमा पनि काम गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर