Nepali Unicode | Preeti to Unicode

मोरङ क्षेत्र नम्बर ३को १ बाट प्रदेशसभा सदस्य उम्मेदवार प्रदेश १ का वन वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । उम्मेदवार थापाको निधन पछि उनको क्षेत्रको निर्वाचन के हुन्छ  भन्ने प्रश्न उठेकाे छ ।

नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ को १ का प्रदेशसभा सदस्य उम्मेदवार  मन्त्री थापाको बुधबार विहान साढे १० बजे मृत्यु भएको हो ।  डेङ्गु सङ्क्रमण देखिएपछि उनी३१ दिन अघि अस्पताल भर्ना भएका थिए ।  उपचाररत थापाको आज विहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

सामान्यत्य उम्मेदवारको मृत्यु भए सम्बन्धित क्षेत्रको निर्वाचन स्थगित हुन्छ । तर निर्वाचनका लागि पर्याप्त समय भएका कारण मोरङको ३ को १ मा नयाँ मनोनयन दर्ता गरेर तोकिएकै  मितिमा चुनाव गराउने निर्वाचन आयोगले तयारी गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार थापाको निधनपछि सो क्षेत्रमा कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, कुनै क्षेत्रमा उम्मेदवारको निधन भएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गर्ने सुविधा पाउनेछ । त्यसका लागि निर्वाचन तालिका केही परिमार्जन हुने तर मतदानको मिति भने नफेरिने उनले बताए ।

‘अब सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले छोटो समयतालिकामा सम्बन्धित दललाई उम्मेदवार मनोनयन, दावीविरोध, फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढाउँछ ।’ उनले भने,‘ पर्याप्त समय बाँकी रहेकाले मतदान हुने मंसिर ४ को मिति भने फेरबदल  हुँदैन ।’

२०७४ सालमा समानुपातिक सांसद बनेका उनी मंसिर ४ को निर्वाचनका लागि असोज २३ गते मनोनयन दर्ता गरेको भोली पल्ट अस्पताल भर्ना भएका थियो । नोबेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि असोज २७ गते काठमाडौं ह्याम्स अस्पताल लगिएको थियो ।

स्वास्थ्य सुधार भएपछि ह्याम्सबाट सोमबार नोबेल ल्याइएको थियो । मंगलबार साझबाट अवस्था गम्भीर भएपछि आइसियुमा राखेर उपचार गर्ने क्रममा आज विहान मृत्यु भएको हो । ५८ वर्षीय थापाले गिरिजाप्रसाद कोइरालाको ८ वर्ष स्वकिय सचिव भएर काम गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर