सुनसरीको बराहक्षेत्र नगरपालिका–११ बाट गाँजा सहित २ जना पक्राउ परेका छन् । स्कारपियो चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन । उनीहरूलाई स्कारपियो सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा चालक इटहरी उपमहानगरपालिका–४ का ३१ बर्षीय मनिस दर्नाल र सहचालक ३१ बर्षीय योगेन्द्र बजगाईँ रहेको प्रहरीले जनाएको छ ।
सोमबार राती प्रहरी चौकी मधुवनबाट गस्तिमा खटिएको प्रहरीको टोलीले उनिहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले शंकास्पद अवस्थामा रहेको बा ११ च ३०४२ नम्वरको स्कारपियो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडी भित्र १ सय ७५ किलोग्राम गाँजा र १ लाख १ हजार ४ सय २५ रुपैया नगद समेत बरामद गरेको छ ।
पक्राउ परेका उनिहरूलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरीएको छ । उनीहरू माथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
