Nepali Unicode | Preeti to Unicode

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राष्ट्रपतिले संविधान नमान्दा नागरिकता विधेयक पास नभएको बताएका छन् ।

उनले नागरिता विधेयक पास नहुँदा नागरिकता लिन योग्य नागरिकले गैरनागरिक बनेर बस्नुपरेको बताए ।

चुनाव प्रचरप्रसारका क्रममा विराटनगर ११ मा पुगेका नेता कोईराल समक्ष स्थानीयले पीडा पोखेपछि उनले यस्तो बताएका हुन ।

उनले सदनबाट दुईपटक पास गरेर पठाएको नागरिकता विधेयक पास नगरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेको आरोप लगाए ।

उनले मङ्सिर ४ को निर्वाचन पछि बन्ने गठबन्धन सरकारले नागरिकता विधेयक पास गर्ने बताए । उनले भने, ‘मैले जिते भने सदनमा पुगेर नागरिकता विधेयक पास गराउन सहयोग गर्छु ।’

सोही क्रममा कोइरालाले बस्तीलाई डुवानमुक्त गर्न सिङ्घिया खोलाको तटबन्धन गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर