दार्चुलाबाट नेकपा एमालेले चुनावी अभियान सुरु गर्दैछ । शुक्रबारदेखि देशव्यापी चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट सुरु गर्न लागेको हो ।
अभियान सुरु गर्नका लागि पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुला सदरमुकाम खलंगामा पुगेका छन् । शुक्रबार आयोजित चुनावी सभालाई ओलीले सम्बोधन गरेपछि अभियानको शुभारम्भ हुने एमालेले जनाएको छ । धनगढीस्थित रुवस होटलमा बसेका ओली बिहान ११ बजे हेलिकोप्टर मार्फत दार्चुला प्रस्थान गर्नेछन् । ओलीले शुक्रबार नै बैतडीको पाटन र कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
