Nepali Unicode | Preeti to Unicode

दक्षिण कोरियामा २४ घण्टामा ४६ हजार आठ सय ९६ जना कोभिड–१९ का नयाँ संक्रमित भेटिएका छन् ।

यसैसँगै कुल संक्रमितको सङ्ख्या २ करोड ५७ लाख १७ हजार दुई सय ७७ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जनाएका छन् ।

दैनिक संक्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम भएका छन् । एक दिनअघि संक्रमितको संख्या ५४ हजार ७६६ बाट कम भएर ४६ हजा आठ सय ९६ जना भएका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी बताएको छ ।

गम्भीर अवस्थामा रहेका संक्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा १३ ले कम भएर २९० पुगेको छ । कोरोनाका कारण थप ४१ जनाको मृत्यु भएको छ । हालसम्म  २९ हजार दुई सय ८० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर