Nepali Unicode | Preeti to Unicode

च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ मा पुग्ने टोलीको टुङ्गो लागेको छ । समूह चरणको खेल सकिएपछि  नकआउट चरणका टोलीको टुङ्गो लागेकोहो ।

बुधबार राति भएको अन्तिम खेलहरुसँगै समूह चरणको खेलहरु सकिएको हो । आठ समूहबाट समूह विजेता र उपविजेता गरि १६ टोलीले नकआउट चरणमा स्थान बनाएका छन् ।

रियल मड्रिड, बायर्न  म्युनिख, चेल्सी, म्यानचेस्टर सिटी, बेन्फिका, नापोली, पोर्टो र टोटेनहमले समूह विजेताको रुपमा नकआउट चरणमा स्थान बनाएका छन् ।

लिभरपुल, एसी मिलान, पेरिस सेन्ट जर्मेन, इन्टर मिलान, बोरुसिया डर्टमण्ड, आरबी लाइपजिग, फ्रान्कफुर्ट र क्लब ब्रुगले उपविजेताको रुपमा नकआउट  चरणमा स्थान बनाएका हुन् ।

नकआउट चरणको ड्र नोभेम्बर ७ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर