Nepali Unicode | Preeti to Unicode

च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुल र जर्मन क्लब  बायर्न म्युनिखले जित निकालेका छन् । मंगलबार भएको खेलमा लिभरपुलले नापोलीलाई र बायर्न म्युनिखले इन्टर मिलानलाई  पराजित गरेको हो ।

समूह चरणको अन्तिम खेलमा लिभरपुलले नापोलीलाई २– ० गोल अन्तरले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन मोहमद सलाह र डार्विन नुनेजले एक एक गोल गरे । खेलको ८५ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई  अग्रता दिलाएका थिए । इन्जुरी समयमा नुनेजले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।

जर्मन क्लब बायर्न म्युनिखले  इन्टरलाई २– ० गोल अन्तरले पराजित गरेको छ । बायर्नको जितमा बेन्जामिन पाभर्ड र एरिक म्याक्सिम मोटिङले एक एक गोल गरे ।

खेलको ३२ औं मिनेटमा पाभर्डले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७२ औं मिनेटमा मोटिङले गोल गर्दै बायर्नलाई २– ० को जित दिलाए । बायर्न समूह ‘सी’ को शीर्ष स्थानमा रहदै अन्तिम १६ मा पुगेको छ । इन्टर १० अंक जोडेर समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । लिभरपुलले ६ खेलमा १५ अंक जोडेर उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ । नापोली ६ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा रहेर नकआउट चरणमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर