नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले चुनावपछि सत्तारुढ गठबन्धनमा फुट आउने दावी गरेका छन् ।
सोमबार रुपन्देहीमा एमालेले गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन । सत्ता गठबन्धनले भावी प्रधानमन्त्री समेत तोक्न नसकेको र चुनावपछि भागबण्डाकै कारण गठबन्धन फुट्ने र एमालेको सरकार बन्ने दावी उनले दाबी गरे ।
एनले भने, ‘सत्ता गठबन्धनमा चुनाव अगावै आंशिक फुट आइसकेको छ । चुनावको नतिजा पनि भनेजस्तो आउंदैन, त्यसपछि गठबन्धन पुरै फुट्छ र एमालेकै नेतृत्वमा सरकार बन्छ ।’
उनले नेकपा एमालेले अघि सारेका विकास निर्माण र योजनाहरूबाट विपक्षीहरू आत्तिएको समेत बताएका छन् ।
