Nepali Unicode | Preeti to Unicode

नेकपा एकिकृत समाजवादीले रोजगारमा संलग्न (कामकाजी) महिलालाई १४ हप्ताको सुत्केरी बिदा दिने व्यवस्था लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जारी घोषणापत्रमा एकीकृत समाजवादीले यस्तो प्रतबद्धता व्यक्त गरेको हो।

सोमवार सार्वजनिक भएको घोषणापत्रमा रोजगारमा संलग्न महिलालाई १४ हप्ताको सुत्केरी बिदा दिने तथा गर्भवती महिला र गर्भमा रहेको शिशुको नियमित स्वास्थ्य परीक्षण, उपचार, पोषण र संरक्षणको विशेष व्यवस्था गर्न पहल गरिने भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर