Nepali Unicode | Preeti to Unicode

क्रिकेटर  सन्दीप  लामिछाने विरुद्ध १२ वर्ष कैद सजायको मागदाबीसहित जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ताको तयारी भएको छ ।

बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा जवरजस्ती करणी मुद्दा दर्ताकाे तयारी भएकाे हाे ।   जिल्ला सरकारी वकिलको कार्यालयले  अनुसन्धान प्रतिवेदन तयार गरिसकेकाे छ ।

बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ताको तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । आज मुद्दा दर्ता भए मंगलबारदेखि थुनछेक बहस हुनेछ ।

सन्दीप लामिछाने २० असोजदेखि प्रहरी हिरासतमा छन् । उनीविरुद्ध तीन पटक  म्याद थप गरी प्रहरीले अनुसन्धान गरेको थियो ।

नाबालिगाले काठमाडौंको गौशालाको  होटलमा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनी  पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर