Nepali Unicode | Preeti to Unicode

आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । नटिङहम फरेस्टमाथि सानदार जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा नटिङहममाथि ५–० को जित निकालेको हो ।

आर्सनलको सानदार जितमा रेइस नेल्सनले दुई गोल गरे । गाब्रियल मार्टिनेली, थोमस पार्टे र मार्टिन ओडेगार्डले  एक–एक गोल गरे ।

आइतबार राति भएको   खेलको पहिलो हाफमा एक गोलको अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा  चार गोल गरेको थियो । खेलको पाँचौं मिनेटमा मार्टिनेलीले अग्रता दिलाएका थिए ।

४९औं मिनेटमा रेइस नेल्सनले आर्सनलको अग्रता दोब्बर बनाए । ५२औं मिनेटमा नेल्सनले दोस्रो गोल गर्दै अग्रता तेब्बर बनाए । ५७औं मिनेटमा थोमस पार्टेले गोल गर्दै आर्सनलले ४–० को अग्रता बनाए । ७८औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई ५–० को सानदार जित निकाले ।

जितसँगै शीर्षस्थानमा उक्लिएको आर्सनलको १२ खेलबाट ३१ जोडेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २९ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर