Nepali Unicode | Preeti to Unicode

चीनका वर्तमान राष्ट्रपति सी चिनफिङलाई चुनौती दिने सबै नेताहरूमाथि निगरानी गरिएको छ। पूर्व राष्ट्रपति हु जिन्ताओलाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औं महाधिवेशन बैठकबाट जबरजस्ती बाहिर निकालिएको छ ।

सी चिनफिङलाई तेस्रो कार्यकाल महासचिवको जिम्मेवारी दिने तयारी गर्दै सीपीसीको २० औं महाधिवेशन सकिएको छ। केन्द्रीय कमिटीले आइतबार महासचिव, पोलिटब्युरो र स्थायी समिति चयन गर्दै छ।

समाचार एजेन्सी रोयटर्सले जारी गरेको भिडियोमा सी चिनफिङको छेउमा बसेका हु जिन्ताओलाई दुई सुरक्षाकर्मीले कुर्सीबाट उठाएर बैठक हलबाट बाहिर निकालेका छन्। चिनफिङले चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई पनि पार्टी नेतृत्वबाट हटाएका छन् । २० औं केन्द्रीय कमिटीमा यसअघि पार्टीको सर्वोच्च निकाय स्थायी समितिमा रहेका प्रधानमन्त्री ली खछ्याङ, वाङ याङ, ली चान्सु र हान झेनलाई हटाइएको हो । अब पार्टी र सरकार दुवै मोर्चाबाट उनीहरूलाई बाहिर पठाउनै सीले तयारी थालेका छन् । अघिल्लो स्थायी समितिमा रहेका सातमध्ये राष्ट्रपति सी, वाङ हुनिङ र झाओ लेजी मात्र केन्द्रीय कमिटीमा दोहोरिएका छन् । दोहोरिएका नेता सीको विश्वासपात्र भएको रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर