नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन आजको आवश्यकता भएको बताएका छन् । पाँचदलीय गठबन्धनले शुक्रबार पोखरामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले गठबन्धन आजको आवश्यकता भएकाले कसैले शंका पैदा हुने काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
‘कुनै पार्टीको बहुमत आउन सक्दैन, त्यसैले पार्टीहरू मिल्नुपरेको छ’, उनले भने, ‘गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगरौं ।’
गठबन्धनमा सबैको जित भएको र यसलाई कायम राख्दा सबैको पालो आउने उनले बताए ।
