Nepali Unicode | Preeti to Unicode

झापामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरामी भएका छन् । चुनाव प्रचार प्रसारका क्रममा गृहजिल्ला झापाको दमकमा रहेका उनी विरामी भएका हुन् । विरामी भएपछि उनी मंगलबार घरमै आराम गरेका छन् । उनी अस्वस्थ्य भएपछि आजका लागि निर्धारण गरिएको कार्यक्रम पनि स्थगीत भएको  थियो ।

झापाका एक एमाले नेताका अनुसार मंगलबार ओलीले गृह नगर दमकमै केही चुनावी कार्यक्रममा सहभागी हुने तय भएको थियो । तर ओलीलाई ज्वरो आएपछि ती कार्यक्रम स्थगित गरिएकाे हाे ।

 ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा ओली झापा–५ बाट उम्मेदवार बनेका उनी  घरमै औषधी खाएर आराम गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर