Nepali Unicode | Preeti to Unicode

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको खारान जिल्लामा प्रहरीले गरेको आतंकवाद विरोधी अभियानमा चार आतङ्ककारी मारिएका छन् ।

जिल्लामा आतङ्ककारी गतिविधि गर्ने योजनामा ​​रहेका आतङ्ककारी रहेको सूचनाका आधारमा अपरेशन गरिएको सिटिडीले जनाएको छ । उक्त क्षेत्रमा प्रहरी पुग्दा आतङ्ककारीहरूले अन्धाधुन्ध गोली प्रहार  गरेका थिए जसको जवाफी कारबाहीमा ती आतङ्ककारी मारिएका बताइएकाे छ ।

झण्डै एक घण्टासम्म चलेको भिडन्तमा चार आतङ्ककारी मारिएका थिए । मारिएका आतङ्ककारीहरूबाट हातहतियार, गोली र विष्फोटक पदार्थ बरामद भएको र आतङ्ककारी सञ्जालका बाँकी सदस्यहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर