Nepali Unicode | Preeti to Unicode

कर्णाली प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीको ६७ औं प्रहरी दिवस भब्यताका साथ मनाएको छ। प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले विभिन्न कार्यक्रम गरि प्रहरी दिवस मनाएकाे हाे।

प्रदेश प्रहरी कार्यालय सुर्खेतले ६७ औं प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम, वृक्षारोपण कार्यक्रम, सुरक्षा चुनौती विषयमा टेलिभिजनमा टक सो कार्यक्रम, सरसफाई कार्यक्रम १० वटा जिल्लाका सदरमुकामस्थित विभिन्न सार्वजनिक स्थानहरुमा, अमर प्रहरी परिवारहरुलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान कार्यक्रम र उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण कार्यक्रम गरिएको कर्णाली प्रदेश प्रहरी प्रवक्ता (एसएसपी) माधव प्रसाद श्रेष्ठले बताए।

कार्यक्रममा प्रमुख अतिथि जीवनबहादुर शाहीले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए। प्रहरी अँझै प्रदेश मातहतमा ल्याउन नसकिएको भन्दै कार्यक्रमका प्रमुख अतिथि जीवनबहादुर शाहीले अब प्रहरी प्रदेश मातहतमा ल्याउने गरि काम गर्ने बताए। ्र

जन अर्थात जनताको पथ अर्थात बाटो भएकाले जनपथ भनिएको जनतासंगै संगसगै हुने भएकाले प्रहरीलाई जनताको पहिरो सारथी रुपमा लिईएको मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए। कर्णालीमा अहिले आएको बाढी पहिरोमा प्रहरी, सेनाले रातदिन नभनि काम गरेको भन्दै मुख्यमन्त्री शाहीले धन्यवाद दिए। कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख पोषराज पोखरेलले बोल्दै धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा उच्च अदालतका का.म. मुख्य न्यायाधिश माधव पोखरेल, उत्तर पश्चिम पृतना हेड क्वाटर निमारे सुर्खेतका पृतनापति उपरथी हिरालाल जोशी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेश सागर  भुषाल, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, सशस्त्र प्रहरी वन न.६ महेश्वरी बाहिनी सुर्खेतका डिआईजी प्रदिप कुमार पाल, रक्तकालिका गणका गणपति विमल डाँगी लगायत उद्योगी ब्यवसायी, अमर प्रहरीका परिवार, प्रहरी कमचारीहरुको सहभागी रहेको थियो।

वि.स. २०१२ असोज ३० गते प्रहरी ऐन, २०१२  लागु भएको दिन असोज समान्तलाई नेपाल प्रहरीले आफ्नो स्थापना दिवसको रुपमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरि मनाउँदै आएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर