Nepali Unicode | Preeti to Unicode

फरवार्ड खेलाडी नेयमारको गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा मार्सेलाई पराजित गरेको छ । पिएसजीको जितमा पहिलो हाफमा नेयमारले गरेको गोल नै निर्णायक बन्यो ।

उनले पहिलो हाफको इन्ज्युरी समयमा केलियन एमबाप्पेको पासमा गोल गरे । पार्क डेस प्रिन्सेसमा आइतबार राति जित निकालेको पिएसजीले ११ खेलबाट २९ अंक जोडेको छ ।  पिएसजीले दोस्रो स्थानमा रहेको लोरिएन्टलाई ३ अंकले पछि पारेको छ । मार्से २३ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर