Nepali Unicode | Preeti to Unicode

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको तयारी, निर्वाचनका लागि विभिन्न परिचालन समिति गठन गर्नेलगायत समसामयिक विषयमा छलफल हुने उनले बताए ।

आगामी आमनिर्वाचनका लागि कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन गरेको घोषणापत्र तयारी समितिले देशभरबाट विभिन्न उपसमितिमार्फत सुझाव सङ्कलन गरी मस्यौदा तयार गरिसकेको छ ।

निर्वाचनमा दलहरूका उम्मेदवार प्रचारमा जुटिसक्दा पनि दलले घोषणापत्र जारी नगरिसकेको अवस्थामा कांग्रेसले घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिन लागेको हो ।

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभरका सबै उम्मेदवारलाई यही असोज २६ गते चुनाव चिन्ह प्रदान गरेसँगै सबै उम्मेदवार आफ्नो प्रचारप्रसारमा जुटिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर