चितवन ३ मा भष्टाचार विरुद्धकी अभियन्ता जिता बरालले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएकी छिन् ।
सिनियर स्वास्थ्यकर्मी समेत रहेकी उनले आइतबार जिल्ला निर्वाचन कार्यालय चितवनमा उम्मेदवारी दर्ता गराएकी हुन् ।रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभातर्फ १३१ स्थानमा उम्मेदवार उठाएको छ ।
