Nepali Unicode | Preeti to Unicode
 BREAKING
अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) |

नेपालगञ्ज, कात्तिक १० गते । विजयादशमीको दिनमा सबैले आ-आफ्नो घरमा रमाइलो गरेर दसैँ मनाईरहेको बेला संक्रमित भएर भेरी अस्पतालमा भर्ना भएकाहरुले पनि त्यही भित्रै टीका लगाएर दसैं मनाएका छन् । सोमवार दसैंको दिनमा पनि संक्रमितको सेवामा खटिनुभएका भेरी विशेष कोराना अस्पतालका स्वास्थ्यकर्मीहरुले संक्रमितहरुलाई टीका लगाएर शुभकामना दिंदै दसैं मनाएको अस्पतालले जनाएको छ ।
भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले संक्रमितको उपचारमा खटिनुभएका स्वास्थ्यकर्मीहरुले सबै संक्रमितलाई टीका लगाएर प्रसाद वितरण गरी दसैं मनाएको बताउनुभयो ।
संक्रमित भएर त्यहाँ उपचार गराइरहनुभएका भेरी अस्पतालका बायोमेडिकल टेक्निसियन नविन चन्द ठकुरीले संक्रमितको उपचार सेवामा दिनरात खटिनुभएका कोभिड इन्चार्ज सम्झना मण्डल, स्टाफ नर्सहरु यम कुमारी थापा, कमला नेपाली र देवा जिसीले सबै संक्रमितलाई टिका लगाउनुभएको बताउनुभयो ।
उहाँले स्वास्थ्यकर्मीहरुले टीका लगाएपछि आफन्त र घर परिवार नहुँदा निराश भएकाहरुलाई धेरै राहात मिलेको बताउनुभयो ।
आफ्नो ज्यानको परवाह नगरि दिनरात संक्रमितको सेवा गर्ने स्वास्थ्यकर्मीहरुले टीका लगाएपछि धेरै खुशी लागेको एक संक्रमितले बताउनुभयो । उहाँले एक्कासि टीका लगाउन स्वास्थ्यकर्मीहरु आएपछि दुखी भएर बसेका सबै संक्रमितको अनुहारमा उज्यालो र मुस्कान देखिएको बताउनुभयो ।
अस्पतालका बायोमेडिकल टेक्निसियन ठकुरीका अनुसार हाल भेरी विशेष कोराना अस्पतालमा ८ जना स्टाफसहित ४५ जना संक्रमितको उपचार भइरहेको छ । ती मध्ये आठ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
उपचाररत संक्रमितको मनोबल उच्च पार्नका लागि आफूहरुले उपचार सेवा लगायत सबै प्रकारका गतिविधि पनि निरन्तर गरिरहेको कोभिड इन्चार्ज सम्झना मण्डलले बताउनुभयो ।
उहाँले उच्च मनोबल राखेर कोरोनासँग लड्ने हो भने जित्न सजिलो रहेको जनाउँदै सबैलाई मनोबल उच्च राख्न आग्रह गर्नुभएको छ ।
बाँकेमा हालसम्म कोरोनाबाट संक्रमितको संख्या दुई हजार ९९० पुगेको छ भने ३० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ । अझै पनि ३३८ जना विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररत भर्ना रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय