म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा उक्लिको छ । घरेलु मैदानमा शनिबार राति साउथह्याम्टनलाई ४–० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । जितका लागि इर्लिङ हालान्ड, जोआ कान्सेलो, फिल फोडना, रियाद मोहेरेजले गोल गरे ।
फोडानको पासमा कान्सेलोले २० औं मिनेटमा गोल गरेका थिए । फोडान ३२ औं मिनेमा गोल गरे । सिटी पहिलो हाफमा २–० ले अगाडि थियो । माहरेजले ४९ औं र हालान्डले ६५ औं मिनेटमा गोल गर्दै सिटीलाई सहज जित दिलाए ।
शीर्षस्थानमा उक्लिएको सिटीले ९ खेलमा ७ जित र २ बराबरीसहित २३ अंक जोडेको छ । एक खेल कम खेलेको आर्सनल २१ अंकसहित दोस्रो स्थामा छ । १६ औं स्थानको साउथह्याम्टनको ७ अंक छ ।
शनिबार राति नै भएको अर्काे खेलमा चेल्सीले उल्भ्सलाई पराजित गरेको छ । जितसँगै चेल्सी चौथो स्थानमा उक्लिएको छ । केइ हार्भेट्स, क्रिस्टियन पुलिसिस र अर्मान्डो ब्रोजाले गोलमा उल्भ्सलाई ३–० ले पराजित गरेको हो । लिगमा चेल्सीको यो पाँचौं जित हो । अन्य खेलमा न्युक्यासलले ब्रेन्टफोर्डलाई ५–१ ले र बोर्नमाउथले लेस्टर सिटीलाई २–१ ले हराएको थियो ।
