Nepali Unicode | Preeti to Unicode

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेस भित्र नै विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली काँग्रेस भित्र सही ढंंगबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको भन्दै पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको बताएका हुन्। उनले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टीहरु निर्वाचनको गोलचक्करमा मात्रै सिमित भएको दाबी गरे।

महामन्त्री थापाले पार्टी भित्रका नेताहरुले नै पार्टीमा न्याय, सन्तुलन, पार्टी भित्र सबैलाई सही ढंगले हेरिएन भन्ने ठूलो आवाज उठाइरहेको भन्दै अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यक्ताको बोध हुन थालेको जिकिर गरे। युवाहरुको समर्थनले आफूमा यस्ता विकृतिहरुलाई चिर्ने शासह थपिएको भन्दै युवाहरुलाई निराश नबनाउने प्रतिवद्धता समेत उनले व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर