Nepali Unicode | Preeti to Unicode

नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ ।

सभापति शेरबहादुर देउवासहित पार्टीका शीर्ष नेताहरू समानुपातिक उम्मेदवार सूची संशोधन गर्नेलगायत विषयमा छलफलमा जुटेका हुन् । बिहान १० बजेदेखि जारी छलफलमा असोज ३ मा कांग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिएका नाममा संशोधन गर्न लागिएको हो ।

निर्वाचन आयोगले समानुपातिक उम्मेदवार सूची सं‌शोधन गर्ने भए असोज १६ भित्र संशोधन गर्न दलहरूलाई समय दिएको छ । समानुपातिक उम्मेदवार तय गर्दा सभापति देउवा पक्षले एकलौटी गरेको आरोप लगाउँदै शेखर कोइराला समूहले धर्नालगायत कार्यक्रम गरेका थिए ।

प्रतिनिधि सभातर्फ ११० जनाको नाम बन्दसूचीमा राख्दा कोइराला पक्षका १४ जनालाई मात्रै समावेश गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर