दशैंअघि आज अन्तिम सेयर कारोबार हुने भएको छ । शुक्रबार र शनिबार सेयर बजार बन्द हुने छ ।
आइतबारबाट असोज २२ गतेसम्म भने दसैँको विदा सुरु हुन्छ । यस कारण सेयर बजारका लगानीकर्ताले भोलिबाट सेयर कारोबार गर्न नपाउने भएका छन् ।
दशैंमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से करिब १ सातापछि खुला हुने छ । अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्ने बताइएको छ ।
