Nepali Unicode | Preeti to Unicode

घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डविरुद्धको पाँचौं टी—ट्वान्टीमा जित दर्ता गरेको छ ।

बुधबार राति भएको खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई ६ रनले पराजित गरेको हो ।

जितसँगै पाकिस्तानले ७ खेलको सिरिजमा ३—२ को अग्रता बनाएको छ ।

पाकिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाएको हो ।

इंग्ल्यान्डका लागि कप्तान मोइन अलीले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ खेले ।

पाकिस्तानका हरिस राउफले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभरमा अलआउट हुँदै १ सय ४५ रन जोडेको थियो ।

पाकिस्तानका लागि मोहमद रिजवानले ६३ रनको अर्धशतकीय इनिङ खेले । इफ्तिखर अहमदले १५ रन जोडे ।

इंग्ल्यान्डका मार्क उडले ३ तथा डेविड विलि र साम करणले २ । २ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर