नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको कारोबारको पहिलो दिन मंगलबार आज दोहोरो अंकले बढेको छ ।
मंगलबार नेप्से १५.९२ अंकले बढेर एक हजार ८ सय ३१ दशमलब ०५ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से २३.८३ अंकले घटेर एक हजार ८ सय १५ दशमलव १३ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, सेयरबजार बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । आज नेप्सेमा ६६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा एक अर्ब ७ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये १५२ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने २७ वटा कम्पनीको सेयरमूल्य घटेको छ भने ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको सेयरमुल्यमा उच्च वृद्धि भएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमुल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता १३०८.९० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज गरिमा डिबेन्चरको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावरको भएको छ ।
