Nepali Unicode | Preeti to Unicode

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं जस्तो सांस्कृतिक शहरमा विकासको नाममा घर भत्काउन नहुने बताएका छन् ।

आइतबार विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी एवं हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्याधिक महत्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा भौतिक संरचना भत्काउन नहुनेमा जोड दिएका हुन् ।

पहिलाका भौतिक संरचनाहरूको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्व रहने भन्दै उहाँले काठमाडौंलाई पर्यटकीय नगरी बनाउनुपर्ने उल्लेख गरे । पर्यटन क्षेत्रलाई दिगो बनाउन मन्त्रालयले पर्यटन दशक घोषणा गरेको र अब क्रमशः देशको पर्यटनको काममा मन्त्रालय लागिपर्नेमा उनको जोड छ ।

अहिलेको समाज आधुनिकताको नाम पुराना संस्कृतिलाई भुल्दै जान थालेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर