निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने विषयमा आज छलफल गर्ने भएको छ ।
आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्ने भएको हो । गत भदौमै आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकामा अब आयोगले निर्णय गर्ने वितिक्कै लागू गर्ने तयारी गरेको हो ।संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल तय भएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई बोलाइएको छ ।
